
एनएमबिको बचतमा सर्वोच्च व्याजदर, बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म

काठमाडौं । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ ।
माघ महिना अघि देखीनै बचतमा बढी ब्याज दिन शुरु गरेको एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याज बचतमा ५.१ प्रतिशतसम्म र मुद्दतीमा ८.१ प्रतिशतसम्म प्रदान गरिरहेकोे छ ।
हाल मुख्यतया बैंकहरु कर्जा सापटीमा केन्द्रित भएको देखिएता पनि चार बर्षमा तीन पटक बैंक अफ दि इयर अवार्ड पाएको एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भनेर अधिकतम ब्याजको योजना अघि सारेको होे, बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ