शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महेश आचार्यले किन दिए केन्द्रीय समायोजन समितिबाट राजीनामा ?

मङ्गलबार, १३ माघ २०७७, २० : ३८
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता महेश आचार्यले पार्टीको संगठन समायोजन समितिको सदस्यबाट राजीनामा दिएका छन् । आचार्यले पार्टीको केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । 

पार्टीका स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो । समितिलाई दिइएको मुख्य जिम्मेवारी पूरा भइसकाले जिम्मेवारी त्यागेको आचार्यको भनाइ छ ।

तर समितिका एक जना सदस्यका अनुसार संयोजक निधि र सदस्य प्रकाशशरण महतको प्रस्तुतिसँग आचार्यको असहमति थियो । समितिको पछिल्लो बैठकमा पनि आचार्य उपस्थित भएका थिइन् । तर आचार्यको राजीनामा स्वीकृत भने भएको छैन ।

देउवाले बैठकमै आचार्यको राजीनामा स्वीकृत नहुने जनाउन दिएका थिए । तर आचार्यले भने राजीनामा स्वीकृत नभएपनि समितिमा अब काम गर्न नसक्ने बताएका थिए । आजको बैठकले समितिले समायोजन सम्बन्धमा बुझाएको प्रतिवेदन पारित गरेका छ । 

साथै ७४ जिल्लामा समायोजनको कार्य पूरा गरी केन्द्रीय कार्यसमितिलाई पुस ३ मा लिखित जानकारी गराएकोमा केन्द्रीय निर्वाचन समितिलाई बैठकले धन्यवाद प्रकट गरेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्राप्त जानकारी अनुसार सप्तरी, बारा र सिन्धुपाल्चोकको  समायोजनको कार्य बाँकी रहेको छ ।

यस्तै समायोजनको कार्य सम्पन्न भएपछि पुनरावलोकनका लागि निवेदन प्राप्त भएका सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँके लगायतका जिल्लाको केही स्थानको पुनरावलोकन उपर समेत निर्णय गरी समायोजन सम्बन्धी वाँकी रहेका सम्पूर्ण कार्य केन्द्रीय निर्वाचन समितिबाट नै यथाशिघ्र सम्पन्न गर्ने बैठकको निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप