बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपहरण र जबरजस्ती करणीको आरोपमा भाईरल रिक्सा चालक अर्जुन बिक पक्राउ

मङ्गलबार, १३ माघ २०७७, २० : २२
मङ्गलबार, १३ माघ २०७७

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन बिक पक्राउ परेका छन् । बिकलाई माघ ८ गते अपहरण र जबरजस्ती करणी मुद्दामा काठमाडौँको तीनकुनेबाट ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनले १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अपहरण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै बन्धक बनाएर ४ वर्षसम्म जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।

घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय बिकको केही समय अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो । उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकेर ठेला गुडाउँदै गरेका थिए।

तस्बिर भाइरल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए। पछि उनको दाबी गलत ठहरिएको थियो । उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप