बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोभिड १९ विरुद्धको खोप बुधबारबाट लगाइने

मङ्गलबार, १३ माघ २०७७, २० : ०६
मङ्गलबार, १३ माघ २०७७

पोखरा । गण्डकी प्रदेशमा बुधबारदेखि कोरोनाभाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने भएको छ । आइताबार साँझ पोखरा ल्याएको खोप सोमबार र मंगलबार प्रदेशका विभिन्न जिल्लामा पु¥याइ सकिएपछि खोप लगाउने तयारी थालिएको हो । 

भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले औपचारिकरुमा उद्धाटन गरेपछि फ्रन्टलाइनमा खटिनेहरुका लागि लगाइने स्वास्थ्य निदेशनालय गण्डकीले जनाएको छ ।

पहिलो चरणमा खोप सरकारी, गैरसरकारी, निजी अस्पताल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाइनेछ । गण्डकी प्रदेशमा पहिलो चरणमा करिव २० हजार जनालाई ३९ हजार १ सय ३९ डोज भ्याक्सीन लगाइने बताइएको छ । 

गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रमक तथा सरुवा रोग अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने जानकारी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिइन् । 

गण्डकी प्रदेशका ११ जिल्लामा पहिलो चरण अन्तर्गत ३९ हजार १ सय ३९ मात्राको खोप प्राप्त भएको छ । यही माघ ९ गते आएको खोप प्रदेशका विभिन्न जिल्लामा पठाइसकिएको सामाजिक मन्त्रालयले जनाएको छ । 
    
कोभिड(१९ खोपलाई व्यवस्थित रूपमा संचालन गर्न प्रदेश तहमा प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसहितको कोभिड १९ खोप समन्वय तथा अनुगमन समिति र जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ लाख २५ हजार ४ सय ९७ जनाको कोभिड परिक्षण गरिएको छ। त्यसमध्ये १५ हजार तीन सय ३७ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

हाल संक्रमितमध्ये ४ सय ६४ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने १४ हजार ६ सय ७१ निको भएका छन् । पहिलो चरणमा खोप १४ देखि १८ गतेसम्म १८ वर्ष माथिका प्रन्टलाइनरलाई खोप लगाइने छ। दोस्रो मात्राको खोप एक महिनापछि दिइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप