ad
केन्द्रीय संस्करण

बाँके र कपिलवस्तुमा बन्दैछन् अहिलेसम्मकै ठूला सौर्य उर्जा परियोजना

person explore access_timeमाघ १३, २०७७ chat_bubble_outline0

काठमाडौं । बाँके र कपिलवस्तुमा २५० मेगावाट क्षमताको सौर्य उर्जा परियोजना निर्माण हुने भएको छ । मंगलबार लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्र (एमओयू) मा भएको सहमति अनुसार उक्त क्षेत्रमा ४० मेगावाट स्टोरेज क्षमता सहितको परियोजना बनाइने भएको हो ।  

सो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि राइजेन इनर्जीसँग सम्झौता भएको लगानी बोर्डले जनाएको छ । समझदारीपत्र अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगा दुवै स्थानमा १ सय २५ मेगावाटका सौर्य ऊर्जा परियोजना र २० मेगावाटका ब्याट्री स्टोरेज प्लान्ट स्थापना गरिनेछ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर अनुमान गरिएको छ । 

लगानी बोर्ड कार्यालय मा सम्पन्न एमओयूमा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ कोइङ ले हस्ताक्षर गरेका छन् । सहमति अनुसार राइजेनले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत वित्तीय अध्ययन (डीएफआर) तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनेछ ।  

२०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औं बैठकले उक्त कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.