शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बाले : भीम रावल

मङ्गलबार, १३ माघ २०७७, १९ : ३८
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै यस्तो बताएका हुन् । 

ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, 'संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।'

 पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत लगाए । यस्तै देश र जनता विरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गर्दै कोरोना भाइरस नियन्त्रणमा कुनै चासो नदेखाको आरोप लगाए ।

'अहिले  जनतालाई कोरोना विरुद्ध खोप चाहिएको छ ।  त्यसका लागि ५० अर्ब रकम आवश्यक छ । त्यता ध्यान छैन ५०, ६० अर्ब खर्च गरेर निर्वाचन गर्न खोज्ने निर्णय गुर्न कति उपयुक्त हो ?,' रावलको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप