चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार सम्झौता
बेइजिङ । चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्याउने बताइएको छ ।
चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा भिडियो लिंकमार्फत हस्ताक्षर गरेका थिए । सन् २००८ मा चीन र न्यूजील्यान्डबीच स्वतन्त्र व्यापार क्षेत्रमा सम्झौता भएको थियो । चीनले कुनै विकसित मुलुकसँग यस्तो सम्झौता गरेको यो पहिलो पटक थियो ।
नयाँ सम्झौताका लागि विगत तीन वर्षदेखि दुबै मुलुकका अधिकारीहरुबीच वार्ता भइरहेको थियो । क्षेत्रीय विस्तृत आर्थिक साझेदारीका आधारमा चीनले आफ्नो मुलुकमा हवाई उड्डयन, शिक्षा, वित्त, वृद्धवृद्धाको हेरचाह र पारवहन समेतका सेवा क्षेत्रलाई न्यूजील्यान्डका लागि थप खुला गर्नेछ ।
साथै वस्तुको व्यापार तर्फ अद्यावधिक गरिएको सम्झौताले दुबै मुलुकबीच काठ र कागजका उत्पादनको व्यापारलाई थप खुला गर्ने तथा वस्तुको उत्पत्तिको नियममा पनि सरलीकरण गर्नेछ, चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ । न्यूजील्यान्डले चिनियाँ लगानीको सीमालाई पनि पुनः मूल्याँकन गर्ने सम्झौतामा उल्लेख छ । साथै दुबै देशबीच ई–कमर्श, प्रतिस्पर्धा नीति, सरकारी खरिद, वातावरण र व्यापारका क्षेत्रको आपसी सहयोगलाई थप सुदृढ गर्न सहमति भएको छ ।
साथै दुबै मुलुकले स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयनलाई सहज तुल्याउन देशभित्रका कानुनी र अन्य नीति नियममा तत्काल सुधार गर्न लागेको पनि वाणिज्य मन्त्री वाङले जानकारी दिएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद