ad
केन्द्रीय संस्करण

भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली

person explore access_timeमाघ १३, २०७७ chat_bubble_outline0

नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् ।  कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । 

राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो ।  गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरुको ट्याक्टर र्यालीमा हस्तक्षेप गर्नुपरेको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।

भारतमा किसानहरुको आन्दोलन लामो समयदेखि चलिरहेको छ भने वार्ता पनि पटक–पटक भएका छन् । तर वार्तामा सहमति नभएकाले आन्दोलनले निरन्तरता पाइरहेको छ । किसान आन्दोलन पछिल्लो समय केन्द्रीय राजधानी नयाँदिल्ली केन्द्रित भएको छ । -सिन्ह्वा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.