शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ३० लाखको लगानीमा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा

मङ्गलबार, १३ माघ २०७७, १९ : ०१
मङ्गलबार, १३ माघ २०७७

पोखरा । पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आएको छ । सौन्दर्यको क्षेत्रमा गुरुङ ब्युटी पार्लर एण्ड एकाडेमिक प्रालि मार्फत् बेग्लै पहिचान बनाएकी चिनु गुरुङले महेन्द्रपुलमा सो इन्स्टिच्युट संचालनमा ल्याएकी हुन् ।

गुरुङले आफ्नो २५ वर्षको लामो अनुभव र समयको मागलाई मध्यनज गर्दै करिब ३० लाख लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् । समारोहबीच अभिनेत्री आँचल शर्माले रिबन काटेर उद्घाटन गरिन् । 

विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीप दक्षताको माग भएकाले पनि इष्टिच्यूट खोलिएको संचालक गुरुङको भनाइ छ । पोखरा न्युरोडमा प्रधानकार्यालय रहेको एकेडेमीका अन्य ६ शाखाहरु संचालनमा छन् । जसमा ४६ जनाले रोजगार पाएका छन् ।

व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गुरुङले विपन्न, घरेलु हिंसामा पीडित एवम् अपाङ्गता भएकाहरुलाई निःशुल्क र न्यूनतमा शुल्कमा तालिम प्रदान गरेर स्वरोजगार बन्न प्रेरित गर्दै आएकी छन् ।
शाखा उद्घाटन समारोहमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइरालाले यो व्यवसायबाट पोखराले सौन्दर्य क्षेत्रमा फड्को मारेको बताए । उनले संघले इन्स्टिच्युटसँग मिलेर आगामी दिनमा सहकार्य गर्ने बताए ।
कार्यक्रममा मिस नेपाल–१९९७ नीलिमा गुरुङ, इभेन्ट्स फर युका म्यानेजिङ डाइरेक्टर विशाल गुरुङ, हस्तकला व्यवसायी रामकली खड्का लगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप