शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री पदको गरिमा राख्न केपी ओली असफल भएको काँग्रेसको निष्कर्ष

मङ्गलबार, १३ माघ २०७७, १८ : ५५
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिएको  नागरिक आन्दोलनमाथि सरकारले गरेको दमनको भर्त्सना गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनको निन्दा र भर्त्सना गरेको छ । 

असंवैधानिक कदम विरुद्धका प्रदर्शनहरु संविधानले प्रदान गरेको अधिकार भएको भन्दै शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्याँस तथा पानीको फोहरा प्रहारको घटना निन्दानीय भएको बैठकको ठहर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिहरुप्रति यो बैठकको ध्यानाकर्षण भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने ओलीको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक भएको उनले बताए ।

सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरीमाथि तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न ओली असफल भएको बैठकको निष्कर्ष छ । संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जासहित दश नेपाली युवालाई यो बैठक उच्च सम्मान सहित विशेष बधाई ज्ञापन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप