बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा मापसे गरेर सवारी चलाउने साढे ४ सय चालक कार्वाहीमा

मङ्गलबार, १३ माघ २०७७, १८ : २६
मङ्गलबार, १३ माघ २०७७

दाङ । दाङमा नियम विपरित चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सचेतना प्रदान गरेपनि नियमविपरित सवारी चलाउने क्रम नरोकिएपछि प्रहरीले चालकमाथि निगारानी बढाएको हो । दुर्घटना न्युनिकरणका लागि प्रहरीले दाङका विभिन्न स्थानमा छड्के जाँचको कामलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले जानकारी दिए । प्रहरीले जाँचको क्रममा मापसे गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मोबाईलमा कुराकानी गर्दै सवारी चलाउने, सिट बेल्ट नबाँध्ने सवारी चालकलाई कार्बाही गरेको छ ।

चालू वर्षको ६ महिनाको अवधिमा ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने ४ सय ५५ सवारी चालकलाई कार्बाही गरेको छ । दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन (मापसे) भएको र अहिले पनि दिउँसोका तुलनामा रातीको समयमा बढी मापसे गरेर चलाउने गरेको पाइएको प्रमुख जिसीले जानकारी दिए ।

प्रहरीले सिटबेल्ट नबाँधेर सवारी चलाउने १२६, मोबाइलमा कुराकानी गर्दै सवारी चलाउने २१२ क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने ५ हजार २०२ सवारी कार्बाहीमा परेका छन् । दाङमा क्षमताभन्दा यात्रु तथा सवारी बोक्ने सवारी साधनमा अझ बढी देखिएको प्रमुख जिसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप