बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा पनि ‘कोभिडशिल्ड’ खोप लगाउने तयारी

मङ्गलबार, १३ माघ २०७७, १८ : ०७
मङ्गलबार, १३ माघ २०७७

ओखलढुंगा । ओखलढुंगामा कोरोना भाईरस विरुद्धको ‘कोभिडशिल्ड’ खोप लगाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा जिल्लामा अग्रभागमा खटिने करिब १३ सय बढी कर्मचारीलाई ‘कोभिडशिल्ड’ खोप गाउने तयारी गरिएको हो । केहि समय अघिमात्रै भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप माघ १५ गतेबाट लगाउन सुरु गरिने जिल्ला स्वस्थ्य प्रमुख सुमन तिवारीले जानरकारी दिए । जिल्लाका दुई अस्पतालबाट शिविर सञ्चालन गरेर पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ ।

आगामी माघ १५ गते बिहिबारबाट १७ गते  शनिबारसम्म तीन दिन जिल्ला अस्पताल रुम्जाटारबाट खोप शिविर सञ्चालन हुने र माघ १६ र १७ गते ओखलढुंगा सामुदायिक अस्पताल सोब्रमा खोप शिविर सञ्चालन गरिने तयारी गरिएको छ । कोभिडको जोखिमका बिचमा समेत जिल्लामा अग्रभागमा रहर काम गरिरहेका १ हजार ३ सय ३६ जना, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र सुरक्षाकर्मी लगायतलाई खोप दिइनेछ ।

उनीहरुलाई जिल्लाका स्थानीय तहहरुले पनि सूचना जारी गरेर पायक पर्ने स्थानमा गई खोप सेवा लिन आग्रह गरेको छ । कोरोना विरुद्धको खोप गर्भवती महिला, स्थनपान गराइरहेका आमा तथा गर्भावस्थाको योजना बनाइरहेका महिलाले लागाउन पाउने छैनन् । उनीहरुलाई खोप लगाएपछि केही साइडईफेक्ट देखिन सक्ने भएकाले लगाउन नमिल्ने स्वास्थ्य प्रमुख तिवारीले बताए ।

मंगलबार आज प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको अध्यक्ष जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर खोप वितरणका विषयमा थप निकर्ष निकालिएको छ । बैठकले बुधबार भोलि खोप लगाउन खटिने ६ जना स्वास्थ्यकर्मीलाई आवश्यक परामर्श दिएर पर्सीबाट लगाउन सुरु गरिने निष्कर्ष निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप