शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीमा किसान आन्दोलनमा झडप, विभिन्न इलाकामा इन्टरनेट बन्द

मङ्गलबार, १३ माघ २०७७, १७ : ००
मङ्गलबार, १३ माघ २०७७

दिल्लीमा मंगलबार किसानहरुको ट्रयाक्टर मार्चमा हुलदंगा मच्चदा झडप भएको छ । लाल किल्ला आसपास जम्मा भएका किसानहरुमाथि पुलिसले लाठीचार्ज गरेको हो । त्यहाँबाट किसानलाई निकाल्ने कोसिस गरिदैं थियो, त्यति नै बेला उपद्रो मच्चियो र लोडफोड सुरु भयो । 

पुलिसले उनीहरुलाई निकाल्न कडा कदम चाल्यो । तनाव बढेपछि यस क्षेत्रमा केही समय इन्टरनेट पनि बन्द गरिएको थियो । अहिले पनि सयौं प्रदर्शनकारी लाल किल्ला परिसरमा उपस्थित छन् । 
किसानको आन्दोलन चलिरहेका अन्य स्थल सिन्धु, टिकरी, गाजीपुर सीमा, मुकरबा चोक र नांगलोई इलाकामा पनि इन्टरनेट बन्द गरिएको छ । त्यस्तै, दिल्ली मेट्रो प्रबन्धनले आईटिओ, दिलशाद गार्डेन, झिलमिल, मानसरोवर पार्क र जामा मस्जिद मेट्रो स्टेशन बन्द गरिदिएको छ । 

किसान मोर्चाले आफ्नो आन्दोलन शान्तिपूर्ण भएपनि यसमा अन्य संगठनहरुको घुसपैठ हुँदा झडप निम्तिएको जनाएको छ । मोर्चाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो तमाम कोसिसका बाबजुद केही संगठनहरु र मानिसहरुले यसअघि तय भएको रुट तोड्दै गलत काम गरेका छन् । प्रदर्शनमा असामाजिक तत्व घुस्यो, अन्यथा यो आन्दोलन शान्तिपूर्ण चलिरहेको थियो । शान्ति नै हाम्रो सबैभन्दा ठूलो ताकत भएकाले हामी सधैं शान्त थियो र यसको उल्लंघनले आन्दोलन कमजार हुनसक्छ ।’

यसअघि प्रदर्शनकारीहरुले लाल किल्लामा पुगेर खलसा पन्थ र किसान संगठनहरुका झन्ड फहराएका थिए । जहाँ स्थानीय रुपमा भारतको राष्ट्रिय झन्डा रहन्छ, त्यहाँ प्रदर्शनकारीहरुले आफ्नो झन्डा फहराए । यद्यपी, राष्ट्रिय झन्डा हटाइएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप