शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउसमा आवद्ध

मङ्गलबार, १३ माघ २०७७, १६ : ३८
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग आवद्ध भएको छ । बैंक अन्तर्बैंक विद्युतिय भुक्तानी प्रणाली, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्घ भएको हो । 

उक्त सम्झौता पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले हस्ताक्षर गरे ।  

एनसीएचएल आईपीएस प्रणालीमार्पmत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तर्बैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटीजीएस प्रणालीमार्पmत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । 

साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप