बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनअराइभल भिसा र क्वारेन्टिनको मापदण्ड हटाउन व्यवसायीहरुको माग

मङ्गलबार, १३ माघ २०७७, १६ : २३
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । पर्यटन व्यवसायीहरुले हाल कायम रहँदै आएको अनअराइभल भिसा तथा क्वारेन्टिनको मापदण्ड हटाउन पर्यटन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । 
कोभिड–१९ पछि हाल नेपाल घुम्न आउने विदेशी पर्यटकहरुमा लगाइएको एक हप्ताको बाध्यकारी क्वारेन्टिनको मापदण्ड र अनअराइभल भिसा प्रोसेस अनावश्यक झन्झटिलो र अव्यवहारिक भएको भन्दै सो मापदण्ड अबिलम्ब हटाउन व्यवसायीहरुले सरकारसँग माग गरेका हुन् ।

यस्तो मापदण्डका कारण विदेशी पर्यटकहरु नेपाल घुम्न नआउने मात्र नभएर, विश्व बजारमा नेपालको छवी समेत धुमिल हुनेमा सरकार सजग हुनुपर्ने व्यवसायीहरुको भनाइ छ ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संघ (नेपाली कांग्रेस) र नेपाल पर्यटन परिषद् सम्बद्ध पर्यटन व्यवसायी संगठनहरुले पर्यटन क्षेत्रमा लगाएको उक्त मापदण्ड अबिलम्ब हटाउन सरकारसँग माग गरेका छन् ।

यसका साथै सहज भिसा प्रोसेसमा नेपाल सरकार ध्याागमन विभागले विदेशी पर्यटकलाई त्रिभूवन विमानस्थलमै सहज भिसा उपलब्ध गराउन समेत व्यवसायीहरुले माग गरेका छन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप