काँग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप कार्यक्रम घोषणाको प्रस्ताव
मङ्गलबार, १३ माघ २०७७, १६ : १२

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणाका लागि प्रस्ताव गरिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा माघ १९ भ्रातृ संस्था, २४ शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव लगिएको हो ।
बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको हो । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल भएको थियो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरु भएको छ ।
यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का