बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१४ दिनपछि नेप्सेको वृद्धिमा लाग्यो ‘ब्रेक’

मङ्गलबार, १३ माघ २०७७, १५ : ४६
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । नेप्से परिसूचकमा निरन्तरको वृद्धिमा ब्रेक लागेको छ । कारोबार भएको १४ दिनदेखि निरन्तर बढ्दै आएको परिसूचकमा मंगलबार घटेको हो । यो दिन सेयर बजार परिसूचक नेप्से १७.७९ अंकले घटेको छ । सो गिरावटसँगै बजार परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । यो दिन कुल ८ अर्ब २७ करोडको कारोबार भयो । 

यो दिन १२ वटा उपसूचक मध्ये होटल र फाइनान्स कम्पनी समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी व्यापारमूलक क्षेत्रमा ३ प्रतिशत भन्दा बढी धेरैले घटेको छ । 

आज गुराँस लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, युनाइटेड फाइनान्स र एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर सेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । बजार घटे पनि सबैभन्दा बढी मूल्य शिवश्री हाइड्रोपावरको मूल्य सर्वाधिक ४.९५ प्रतिशत मात्रैले घटेको छ । आज कारोबार भएका १ सय ७५ कम्पनीमध्ये ४० कम्पनीको मूल्य बढेको छ । १ सय २९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप