कर्णालीमा कुकुरका लागि निःशुल्क ‘बन्ध्याकरण’
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागि निःशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण कार्यक्रम संचालन गरिएको हो ।
कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर संचालन गरिएको हो । सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने तथा रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप समेत लगाइने भएको छ ।
सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको हो,’ पशुपंक्षी रोग अन्वेषन प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डेले बताए । कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गर्न लागिएको उनले बताए । प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको उनले जानकारी दिए ।
पहिलो चरणमो वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक कुकुरहरु लाई खोप संचालन गरिएको छ । शिविरका लागी ८ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएका पशुपंन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले बताए ।
यो अवधीमा ३ सय बढी कुकुरहरुलाई सेवा प्रवाह गरिने निर्देशक गिरीको भनाइ छ । सोमबार तथा मंगलार बिहानसम्म करिब १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको छ,’ उनले भने । बजारमा रहेका सामुदायिक कुकुरहरुलाई भेटनरी एम्बुलेन्स मार्फत पशुपंक्षी विकास निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको उनले बताए । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने छ,’उनले रातोपाटीलाई बताए ।
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाडौं, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको संयुक्त आयोजनामा शिविर संचालन गरिएको हो। निःशुल्क बन्ध्याकरण शिविर सोमवारदेखि बुधबारसम्म सञ्चाालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते