प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता
मङ्गलबार, १३ माघ २०७७, १४ : ४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध मानहानीको छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति, ९४ वर्षीय वरिष्ठतम् वरिष्ठ अधिवक्ताका बारेमा दिएका अभिव्यक्ति र इजलासमा भइरहेको बहसलाई ‘तमासा’ संज्ञा दिएको जस्ता आधार देखाउँदै रिट निवेदकले प्रधानमन्त्रीका उल्लेखित अभिव्यक्तिबाट न्याय प्रक्रियाको गरिमामा आँच पु¥याएको र न्यायालयको समेत अपहेलना भएको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस