दक्षिण कोरियाली नायिका सोङ्ग यू जङ्गको २६ वर्षमा निधन
चर्चित मोडल तथा दक्षिण कोरियाली नायिका सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा शनिबार निधन भएको छ । हालसम्म उनको मृत्युको कारण पत्ता लाग्न नसकेपछि उनको म्यानेजमेन्ट एजेन्सीले उनको निधनको खबर पुष्टि गरेको छ । सोमबार २५ जनवरीमा परिवारका सदस्यको उपस्थितीमा सोङ्गको अन्तिम संस्कार गरिएको छ ।
एक आधिकारिक वक्तव्यमा भनिएको छ, ‘नायिका सोङ्ग यू जङ्गले २३ जनवरी २०२१ मा यो संसारलाई अलविदा भनेकी छिन् । उनको परिवारको इच्छा अनुसार अत्यधिक मौनताका बीच उनको अन्तिम संस्कार २५ जनवरीमा गरिएको छ ।’
सोङ्गले सन् २०१३ मा ‘गोल्डन रेन्बो’ बाट टिभीमा अभिनयको डेब्यू गरेकी थिइन् । यो सिरिजमा उनले किम चुन वानको नामकी एक टिनएजरको भूमिका निभाएकी थिइन् । त्यसपछि उनले सन् २०१४ मा ‘मेक योर विश’ र सन् २०१७ मा ‘स्कूल २०१७’ नामको टिभी सिरिजमा पनि काम गरेकी थिइन् । टिभीमा आउनु अघि सोङ्गले थुप्रै विज्ञापनमा पनि काम गरेकी थिइन् । पछि उनले दुईवटा म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि