शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङका खानेपानी उपभोक्ताले खानेपानीको महसुल अब ‘आइएमई पे’ वालेटमार्फत भुक्तान गर्न सक्ने

मङ्गलबार, १३ माघ २०७७, १३ : ४९
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् । 

सम्झौता पत्रमा ‘आइएमई पे’ का अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरे । यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित हुने आइएमईले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप