
फिल्म ‘तिम्रो हुने कहिले’ वैशाखमा

काठमाडौंँ । राजु गिरीको निर्देशन रहेको फिल्म ‘तिम्रो हुने कहिले’ आगामी वैशाखमा रिलिज हुने भएको छ । केही दिन अगाडि छायाँकन सुरु भएको फिल्म वैशाखमा प्रदर्शन गरिने निर्देशक गिरीले बताए ।
सविन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे, मिना जिसी, मौसमी ओली, प्रकाश चन्द, करुणा पाण्डे, मिना जिसी, सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।
काजिश श्रेष्ठ र सुनिता वस्नेतको नृत्य रहने फिल्म क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीले मिलेर बनाउन लागेका हुन् ।
समसामयिक विषय र प्रेमकथा फिल्ममा समेटिएको निर्देशक गिरीले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ