शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने

मङ्गलबार, १३ माघ २०७७, १३ : २५
मङ्गलबार, १३ माघ २०७७

भक्तपुर । भक्तपुरमा बुधबार (भोलि)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु हुने भएको छ । 
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा पहिलो चरणमा ४ हजार जनालाई खोप लगाइने जानकारी दिए । 

रातोपाटीसँग कुरा गर्दै मिजारले भने, ‘हाम्रो जिल्लामा पहिलो चरणमा करिब ४ हजार जना मानिसलाई यो खोप लगाइन्छ ।’
सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ । 

भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगर अस्पताल थिमिबाट भोलि बिहान १० बजेदेखि कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु हुने मिजारले बताए । 
भक्तपुर अस्पतालबाट चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका फ्रन्टलाइन (अग्रभाग)मा बसेर काम गर्नेहरुले यो खोप लिनेछन् । 

स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारका अनुसार नेपाल कोरिया मैत्री नगर अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका सम्बन्धित व्यक्तिहरुले कोरोनाविरुद्धको खोज लगाउने तयारी गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले भक्तपुरमा ४ सय भाइल(मात्रा) खोप पठाएको छ । जसमा १ भाइल बराबर कम्तीमा १० जनालाई लगाउन पुग्छ । शुन्य दशमलव ५ (०.५ एमएल) मिलिलिटर खोपको मात्र एक जनालाई दिइने समेत कार्यालयले जानकारी दिएको छ । खोपको भ्याक्सिन स्वास्थ्य कार्यालयमा नै भण्डार गरेर राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप