बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षदेखि रोकिएको भन्सार एजेन्टको इजाजतपत्र तत्काल खोल्न परिसंघको माग

मङ्गलबार, १३ माघ २०७७, १२ : ५७
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । नेपाल उद्योग परिसंघले तत्काल भन्सार एजेन्ट थप गर्ने गरि इजाजतपत्र खोल्न सरकारसँग माग गरेको छ । विगत २५ वर्षदेखि भन्सार एजेन्ट खुल्न नसकेको भन्दै परिसंघले यस्तो माग गरेको हो ।
६९औं भन्सार दिवसको अबसरमा आयोजित विभागसँगको छलफल कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले हालको भन्सार सम्बन्धी जाँचपास तथा आयात निर्यातको प्रक्रियागत प्रणालीलाई थप सहज र व्यवस्थित गर्दैै डिजिटल भुक्तानीमा जान सरकारसँग आग्रह गरेका छन् ।

हालैमात्र सरकारले शुरु गरेको एकीकृत जाँच पास चौकी तथा भन्सार एकद्धार प्रणालीको विकासले थप सहजिकरण गर्ने विश्वास व्यक्त गर्दै कार्यवाहक अध्यक्ष अग्रवालले अब पूर्णतः भन्सार प्रणाली डिजिटलाइज हुनुपर्ने बताए ।
यसैगरि भन्सारमा मूल्याङ्कन गर्दा अझै पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृत्रिम सन्दर्भ मूल्यलाई आधार मानेर गर्ने गरिएकोले मूल्याङ्कनको यथार्थपरक डेटावेस निर्माण गरि पारदर्शी र अनुमान योग्य मूल्याङ्कन प्रणालीको स्थापना गर्न सकेमा भन्सारको छवि सुधार हुने तर्फ पनि अग्रवालले ध्यानाकर्षण गराए ।

भन्सार पूर्वाधारहरु नयाँ बने पनि नयाँ पूर्वाधारमा कार्गाे पार्किङ यार्ड तथा डर्टी कार्गाे व्यवस्थापन गर्ने स्थान पनि उपलब्ध नभएकाले नयाँ बन्ने भैरहवा, नेपालगञ्ज, उत्तरी सीमा तथा काठमाण्डौ चोभारको व्यापार सहजीकरण अनुकुल सुविधा सम्पन्न पूर्वाधारको शीघ्र निर्माणका लागि पनि अग्रवालले विभागसँग आग्रह गरे ।

यसैगरी भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार सेवा तथा पूर्वाधारमा सुधार तथा आधुनिकीकरणको काम विभाग तिब्र रुपले लागेको र आयात निर्यात व्यापारलाई थप सहजीकरणका लागि नवीनतम प्रणालीको विकास गरिएको बताए । 

भन्सार एजेण्टको संख्या थप्ने विषयमा जवाफ दिँदै महानिर्देशक दाहालले सो प्रक्रिया अहिले विभाग अघि बढिरहेको र यसलाई छिट्टै पूर्णता दिइने जानकारी दिए । 
सो महानिर्देशक दाहालले पछिल्लो समय भन्सार पूर्वाधार तथा नाकाहरुमा बन्दै गरेका एकीकृत चेक पोष्टको सुधारमा निजी क्षेत्रको समेत साथ सहयोग र  सहकार्य आवश्यक रहेकाले विभागलाई साथ दिन आग्रह गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप