बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद धर्मभक्त माथेमालाई श्रद्धाञ्जली अर्पण

मङ्गलबार, १३ माघ २०७७, १२ : ५३
मङ्गलबार, १३ माघ २०७७

राणा शासनको विरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने सहिद धर्मभक्त माथेमाको शालिकमा फुलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । 
शहिद सप्ताहको अवसरमा मंगलबार काठमाडौंको सिफलमा रहेको माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लगायतले सहिद माथेमा शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरेका हुन् । 

जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाको निम्ति संर्घषरत माथेमा बि.सं. १९६६ आश्विन ९ गते काठमाडौँको ओमबहालमा जन्मिएका थिए । जनतालाई प्रजातन्त्र दिलाउने उद्देश्यसाथ वि.सं. १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील उनलाई तत्कालिन श्री ३ जुद्ध शमशेरको हुकुमी शासनबाट बि.सं. १९९७ साल माघ १३ गते सिफलमा झुण्ड्याएर फाँसी दिइएको थियो । सहिद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उनको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप