मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुटपाटमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

मङ्गलबार, १३ माघ २०७७, १२ : २५
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । सुनका गरगहना समेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेमा दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई  नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिल बहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भई हाल कोटेश्वर बस्ने ३४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । 

काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप