शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीका किसानले पाएनन् उखुको पुरा भुक्तानी

मङ्गलबार, १३ माघ २०७७, १० : ५०
मङ्गलबार, १३ माघ २०७७

उखु किसान र सरकारबिच भएको सहमति म्याद सकिएपनि उखु किसानहरुले उखुको भुक्तानी नपाएपछि निराश बन्दै गएका छन । नवलपरासीका उखु किसानले विगत ३ वर्षदेखि इन्दिरा सुगर इण्डष्ट्रिज प्रा.लि.बाट करिब ८ करोड रुपैयाँ पाउनु पर्ने भुक्तानी अहिलेसम्म पुरा नपाएपछि निराश भएका हुन् । उखु उत्पादक कृषक संघको तथ्याङ्क अनुसार ईन्दिराले करिब ८ करोड रुपैया भुक्तान दिनु पर्ने रहेको छ भने सुगर मिलले भुक्तानी दिनु पर्ने रकम ६ करोड भन्दाबढी नरहेको प्रशासनलाई तथ्याङ्क बुझाएको छ ।

झण्डै डेढ महिना अगाडि भुक्तानीको माग गर्दै देशभरिका किसानहरु काठमाडौँमा केन्द्रित भएका थिए । करिब दुई साता चलेको उखु किसानको आन्दोलमा सरकार र आन्दोलित उखु किसानहरु बिच भएको सहमति अनुसार सरकारले २१ दिनभित्र अर्थात माघ ५ गतेभित्रै किसानको सम्पुर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो तर त्यो म्याद कटिएपनि नवलपरासीको ईन्दिरा सुगर मिलले अहिलेसम्म किसानहरुलाई जम्मा ३० लाख रुपैया मात्र भुक्तानी गरेको पाईन्छ । अरु भुक्तानीमा फेरि पनि आलटाल गर्न थालेको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताए । 

यो ३० लाख रुपैयाँ भुक्तानी माघ १२ गतेसम्मको तथ्याङ्क रहेको छ । मिलमा पहुँच राख्ने केही किसानहरुले आ–आफनो भुक्तान रकम पाएपनि अधिकांश सोझासाझा किसानहरु अहिलेसम्म भुक्तानी नपाएको गुनासो उखु किसान युवराज मौर्यले गरेका छन् । उनले पनि अझै इन्दिरा सुगर मिलबाट २ लाख ५० हजार रुपैयाँ भुक्तान लिनु पर्ने बताए । 

यता लुम्बिनी चिनी मिलले ५ करोड रुपैया किसानहरुलाई भुक्तान गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार लुम्बिनी चिनी मिलले नियमित सेडुल अनुसार किसानहरुको भुक्तानी गरिरहेको छ । विगत २ बर्षदेखि बन्द रहेको लुम्बिनी चिनी मिल चलाउने योजनामा रहेको मिल संचालकले भुक्तानी प्रक्रिया अगाडी बढाउदै ५ करोड भुक्तान गरिसकेको छ । अझै बक्यौता करिब ५ करोड रुपैयाँ भुक्तान यसै महिना भित्रै गर्ने मिल संचालकले प्रतिबद्धता जनाएको प्रशासनले जनाएको छ । सरकारले तोकेको समर्थन मूल्य भ्याट बाहेक प्रति क्विन्टल ४७१ रुपैया भुक्तान गर्नु पर्नेमा मिलले ३८५ रुपैयाको दरले किसानहरुलाई बैंक मार्फत भुक्तान गरिरहेको र बाकी प्रतिक्वीन्टल ८६ रुपैयाका दरले मिल गेटबाटै नगद भुक्तान गर्ने मिलले जनाएको छ ।

जिल्लामा बागमती खाडसारी चिनी मिल, लुम्बिनी चिनी मिल र ईन्दिरा सुगर मिल गरि ३ वटा ठुला चिनी मिलहरु छन । बागमति खाडसारी चिनी मिल बाहेक लुम्बिनी र ईन्दिरा सुगर मिल अझैपनि संचालनमा आएका छैनन् । मिलहरु समयमा संचालनमा नआउनु र भुक्तानी पनि समयमा नदिनु जस्ता कारणले जिल्लाका उखु किसानहरु उखु खेती छाड्दै गएको संघका अध्यक्ष यादवले जानकारी दिए । अध्यक्ष यादवका अनुसार विगतमा साढे ७ हजार हेक्टर क्षेत्रफलमा हुदै आएको उखु खेती हाल ५ हजार हेक्टर क्षेत्रफलमा खुम्चिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप