डिभिजन वन कार्यालय तनहुँद्वारा पाँच पक्राउ
डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो ।
व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।
त्यसैगरी गैँडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्णबहादुर गुरुङ र विमल गुरुङलाई पक्राउ गरिएको छ । उक्त कार्यमा संलग्न वीरेन्द्र गुरुङ भने हालसम्म फरार रहेको उनले बताए । त्यस्तै बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा जिल्लाको बन्दीपुर गाउँपालिका–२ ढाबटार निवारी हिमबहादुर चुमी मगरलाई पक्राउ गरिएको छ ।
निजमार्फत सालको ३८.७४ र बर्रोको ६८.९९ क्यूफिट काठ बरामद गरिएको हो । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका उनीहरुलाई वन कार्यालयको हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको डिभिजन प्रमुख काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको सरकारलाई निर्देशन
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने