बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

५५ वर्षमा पहिलो पटक प्रमुख अतिथि बिना भारतको गणतन्त्र दिवसको परेड हुँदै

मङ्गलबार, १३ माघ २०७७, ०८ : ५३
मङ्गलबार, १३ माघ २०७७

भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । सो अवसरमा परेडको आयोजना गरिएको छ । कोरोनाका कारण परेडको स्थिती फेरिनेछ । ५५ वर्षको पहिलो पटक गणतन्त्र दिवसमा कोही प्रमुख अतिथिको उपस्थिती हुने छैन । यसअघि भारतमा सन् १९५२, १९५३ र १९६६ मा पनि गणतन्त्र दिवसका बेला कोही प्रमुख अतिथिको उपस्थिती थिएन । 

कोरोना कालमा कस्ता परिवर्तन देखिनेछ ?

– परेडमा समावेश हुने झाँकीको संख्या ७० बाट घटाएर ३२ गरिएको छ । यीमध्ये १७ झाँकी राज्य र केन्द्र शासित राज्यको हुनेछ । ९ झाँकी भिन्न भिन्न मन्त्रालयको हुनेछ । ६ झाँकी सुरक्षाबलको हुनेछ । 

– परेडमा समावेश सबैले फेस मास्क लगाउनेछन् । प्रवेश द्वारमा नै सबैको थर्मल स्क्रिनिङ हुनेछ र सबैको हात स्यानिटाइज गरिनेछ । 

– सवा लाख मानिसको साटो यसपटक २५ हजार मानिसले नै राजपथमा परेड हेर्न पाउनेछन् । 

– १५ वर्षभन्दा साना र ज्येष्ठ नागरिकलाई राजपथमा जान अनुमति छैन । 

– पहिला परेड ८.२ किमी लामो हुन्थ्यो । विजय चोकदेखि लालकिलासम्म जान्थ्यो । यसपटक ३.३ किमी लामो हुनेछ । विजय चोकबाट नेशनल स्टेडियमसम्म जानेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप