धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम
नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ ।
फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूभर्ग विभागले जनाएको छ । खानी तथा भूभर्ग विभागका महानिर्देशक रामप्रसाद घिमिरेले धौवादी फलाम खानीबाट उत्पादन हुने फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको जानकारी दिए । उनले भने, “चीनको छेन्दुस्थित सिचुवान इन्स्टिच्युट अफ जिओलोजी एन्ड मेटलर्जिकल एक्सप्लोरेसनमा भएको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने र ती फलामबाट स्टिलसमेत उत्पादन गर्न सकिने प्रमाणित भएको छ ।’’
“परीक्षण प्रतिवेदनअनुसार धौवादीमा पाइएको फलामको कच्चा पदार्थमा फलामको आधारभूत मात्रा ३५ प्रतिशत रहेको प्रमाणित भएको छ । त्यस मात्रामा रहेको फलामको कच्चा पदार्थलाई फलाम बनाउन त्यसलाई कम्तीमा ५६ प्रतिशतमा ‘अपग्रेड’ गर्नुपर्छ”, महानिर्देशक घिमिरेले भने ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का