बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका पूर्व प्रधानमन्त्रीलाई भारतको सबैभन्दा उच्च नागरिक सम्मान

मङ्गलबार, १३ माघ २०७७, ०५ : ४६
मङ्गलबार, १३ माघ २०७७

जापानका पूर्व प्रधानमन्त्री, पूर्व केन्द्रीय मन्त्री रामविलास पासवान, असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईलाई यस वर्षको पद्म सम्मानबाट सम्मानित गरिने भएको छ । 

भारतको केन्द्र सरकारले सोमबार बेलुका यसको घोषणा गरेका हुन् । 

पद्म सम्मान भारतको सबैभन्दा उच्च नागरिक सम्मानमा समावेश हुन्छ र यसलाई तीन श्रेणीमा प्रदान गरिन्छ – पद्म विभुषण, पद् भूषण र पद्म श्री ।

यो सम्मान कला, समाजसेवा, सार्वजनिक जीवन, विज्ञान, व्यापार, स्वास्थ्य क्षेत्र, साहित्य, शिक्षा, खेल, सिभिल सेवा आदि क्षेत्रमा उल्लेखनीय कामका लागि दिइन्छ । हरेक वर्ष गणतन्त्र दिवसको मौकामा यो सम्मान पाउने नामको घोषणा गरिन्छ । 

नामको घोषणा त गणतन्त्र दिवसको मौकामा नै गरिन्छ तर पछि राष्ट्रपति भवनमा हुने समारोहमा राष्ट्रपतिको हातबाट यो सम्मान दिइन्छ । 

यसपटक जम्मा सात जनालाई पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्म श्रीद्वारा सम्मानित गरिएको छ । 

सम्मान पाउनेमध्ये २९ जना महिला, १० जना विदेशी–एनआरआइ–पीआईओ–ओसीआई श्रेणीमा समावेश छन् । १६ जनालाई मरणोपरान्तत सम्मान दिइएको छ । 

सम्मान पाउनेहरुमध्ये एक तेस्रोलिङ्गी पनि छन् । 

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई पद्म विभूषणद्वारा सम्मानित गरिएको छ । 

गायक एसपी बाबालसुब्रमण्यमलाई पनि मरणोपरान्त पद्म विभूषण दिइएको छ । यसबाहके मुस्लिम धर्म गुरु मौलाना वहीउद्दीन खान र पुरातत्वशास्त्री बीबी लाललाई पनि पद्म विभूषण दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप