भारतमा ७२ औं गणतन्त्र दिवसः राफेल विमानसहित सैनिक शक्ति प्रदर्शन गरिँदै

एजेन्सी । मंगलबार भारतमा ७२ औं गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्र दिवसको अवसरमा भारतीय सेनाको सैनिक परेड र सांस्कृतिक झलकहरु प्रदर्शन गरिँदैछ । सो क्रममा पहिलोपटक भारतीय सेनाले राफेल लडाकू विमानका साथ टी–९० ट्याङ्क, समविजय इलेक्ट्रोनिक युद्धक प्रणाली, सुखोई–३० एमके आई लडाकु विमान समेत प्रदर्शन गर्ने जनाइएको छ । राफेल लडाकु विमान केही महिनाअघि मात्र भारतले फ्रान्सबाट ल्याएको हो ।
सोमबार भारतीय रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार गणतन्त्र दिवसको अवसरमा आयोजित परेडमा १७ वटा राज्य र केन्द्र शासित प्रदेशहरुका झाँकी, ६ वटा रक्षा मन्त्रालयका झाँकी, केन्द्रीय मन्त्रालय र अर्धसैनिक बलका झाँकीसहित ३२ वटा झाँकी देशका समृद्ध सांस्कृति धरोहर, आर्थिक उन्नती र सैन्य ताकत झल्काउने गरी प्रदर्शन गरिनेछ ।
त्यस्तै गणतन्त्र दिवसका अवसरमा दिइने पद्म विभूषणबाट जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आवे लगायत सम्मानित हुने भएका छन् । उक्त पुरस्कारबाट आबे र भारतकै दिवंगत गायक एसपी बालासुब्रमण्यमसहित सात जना सम्मानित हुने भएका हुन् । त्यस्तै १० जनालाई पद्म भूषण अवार्ड समेत वितरण गरिँदैछ ।
पदम विभूषण पाउनेहरुमा जापानका पूर्वप्रधानमन्त्री आबे, तमिलनाडुका दिवंगत गायक बालासुब्रमण्यम, तमिलनाडुकै चिकित्सक डा.बेल्ले मोनप्पा हेगडे, अमेरिकाका नरिंदरसिह कपानी लगायत रहेका छन् । पदम विभूषण भारतको सम्मानित पुरस्कार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा