बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विगत दुई दिनदेखि ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन आइतबार ६१० जनाको मृत्यु भएको थियो । सामन्यतया वीकेन्डमा सार्वजनिक तथ्याङ्क अन्य दिनको तुलनामा केहि कम हुने गरेको छ । सोमबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९८ हजार ५३१ पुगेको छ ।
यसैगरि बेलायतमा कोरोना माहामारीको दोस्रो लहर शुरु भएयता झन्डै एक महिनापछि संक्रमित संख्यामा पनि कमी आएको छ । पछिल्लो समयमा देखिएको नयाँ भाइरसका कारण बेलायतमा एकैदिन झन्डै ७० हजारसम्म संक्रमित पुगेका थिए । बितेको २४ घन्टामा थाप २२ हजार १९५ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ६९ हजार ६५८ पुगेको छ ।
संक्रमणदर बढेसँगै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्या पनि महामारीयताकै उच्च बिन्दुमा पुगेको छ । हाल बेलायतमा अस्पतालमा झन्डै ३८ हजार कोरोना संक्रमितको उपचार भैरहेको छ भने चार हजार भन्दा बढी भेन्टिलेटर बेडमा रहेका छन् ।
बेलायतमा ६५ लाख बढीले लिए कोरोनाको खोप
लन्डन । बेलायतमा कोरोना संक्रमणदर बढेसँगै कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिइएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँकअनुसार हालसम्म बेलायतमा ६५ लाख ७३ हजार ५७० जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । जसमध्ये ४ लाख ७० हजार ४७८ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिएका छन् ।
बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दिएको जानकारी अनुसार ८० वर्ष माथिका ५ जनामध्ये ४ जनाले कोरोना विरुद्धको खोप लिइसकेका छन् । बढी भन्दा बढी मानिसहरुलाई खोप वितरण गर्ने उद्देश्यले थप ३२ वटा खोप वितरण केन्द्र थपिने भएको छ । यसअघि झन्डै एक दर्जन केन्द्रहरुमा खोप वितरण गरिंदै आएको छ ।
कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दूरी जस्ता नियम पालना गर्नको लागि स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा तीन हप्ता समय लाग्ने भएकोले सो अवधिमा सबैलाई सचेत रहन पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा