बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो

सोमबार, १२ माघ २०७७, २३ : ४७
सोमबार, १२ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विगत दुई दिनदेखि ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन आइतबार ६१० जनाको मृत्यु भएको थियो । सामन्यतया वीकेन्डमा सार्वजनिक तथ्याङ्क अन्य दिनको तुलनामा केहि कम हुने गरेको छ  । सोमबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९८ हजार ५३१ पुगेको छ ।

यसैगरि बेलायतमा कोरोना माहामारीको दोस्रो लहर शुरु भएयता झन्डै एक महिनापछि संक्रमित संख्यामा पनि कमी आएको छ । पछिल्लो समयमा देखिएको नयाँ भाइरसका कारण बेलायतमा एकैदिन झन्डै ७० हजारसम्म संक्रमित पुगेका थिए । बितेको २४ घन्टामा थाप २२ हजार १९५ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ६९ हजार ६५८ पुगेको छ ।

संक्रमणदर बढेसँगै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्या पनि महामारीयताकै उच्च बिन्दुमा पुगेको छ । हाल बेलायतमा अस्पतालमा झन्डै ३८ हजार कोरोना संक्रमितको उपचार भैरहेको छ भने चार हजार भन्दा बढी भेन्टिलेटर बेडमा रहेका छन् ।

बेलायतमा ६५ लाख बढीले लिए कोरोनाको खोप

लन्डन । बेलायतमा कोरोना संक्रमणदर बढेसँगै कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिइएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँकअनुसार हालसम्म बेलायतमा ६५ लाख ७३ हजार ५७० जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । जसमध्ये ४ लाख ७० हजार ४७८ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दिएको जानकारी अनुसार ८० वर्ष माथिका ५ जनामध्ये ४ जनाले कोरोना विरुद्धको खोप लिइसकेका छन् । बढी भन्दा बढी मानिसहरुलाई खोप वितरण गर्ने उद्देश्यले थप ३२ वटा खोप वितरण केन्द्र थपिने भएको छ । यसअघि झन्डै एक दर्जन केन्द्रहरुमा खोप वितरण गरिंदै आएको छ ।

कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दूरी जस्ता नियम पालना गर्नको लागि स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा तीन हप्ता समय लाग्ने भएकोले सो अवधिमा सबैलाई सचेत रहन पनि भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप