टिकटकसहित ५९ चिनियाँ एप्समाथि भारतमा स्थायी रुपमै प्रतिबन्ध !
सोमबार, १२ माघ २०७७, २३ : ३०
एजेन्सी । भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि स्थायी रुपमै प्रतिबन्ध लगाएको छ । भारतले पछिल्लो साल जूनमा चिनियाँ एप्समाथि अस्थाई रुपमा प्रतिबन्ध लगाएको ७ महिनापछि स्थायी रुपमै प्रतिबन्ध गर्ने निर्णय गरेको सरकारी श्रोतलाई उदृत गर्दै दैनिक जागरणले लेखेको छ ।
सरकारले चिनियाँ कम्पनीमाथि कारणसहित जवाफ दिन नोटिस जारी गरेको थियो । तर कम्पनीहरुले दिएको जवाफमा सरकारले सन्तुष्टी जनाएको थिएन । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रौधोगिकी मन्त्रालयले एप्स सञ्चालन गर्ने ५९ वटा कम्पनीलाई नोटिस जारी गरेको थियो ।
स्मरणरहोस्, चीनसँगको सीमा विवाद चर्किएपछि भारत सरकारले एप्समाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । भारतले चिनियाँ एप्समार्फत आफ्नो मुलुकको सम्प्रभूता र राष्ट्रिय अखण्डमाथि खतरा बढेको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए