अमेरिकी राजदूत बेरीद्वारा भेटघाटमा तीव्रता, देउवालाई पनि भेटे
काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सोमबार राजदूत बेरीले सभापति देउवा निवास बुढानीलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् ।
देउवासँगको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनको विश्वव्यापी प्राथमिकताहरूबारे छलफल भएको बेरीले ट्वीटरमार्फत जानकारी दिए ।
My meeting with NC Prez @DeubaSherbdr was one in a succession of high-level meetings I've been having with the Nepali gov't & political party leaders to discuss the new presidential administration’s global priorities. pic.twitter.com/xKKXxO8E6l
— Ambassador Randy Berry (@USAmbNepal) January 25, 2021
नेपाल सरकार र राजनीतिक पार्टी नेताहरूसँग आफू उच्चस्तरीय छलफलमा रहेको उनको भनाइ छ । बेरीले आजै नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
यस्तै राजदूत बेरीले माघ ८ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । बेरीले भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयपछि उत्पन्न राजनीतिमा अन्योलताबारे पनि कुराकानी गरेको बुझिएको छ ।