शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक आन्दोलनमाथिको दमन ओलीतन्त्र अन्त्य हुनुअघिको फटफट्याइ : गगन थापा

सोमबार, १२ माघ २०७७, २२ : १७
सोमबार, १२ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमाथिको दमनको विरोध गरेका छन् । उनले ट्वीटरका लेखेका छन्, नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो । तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन्।

संसद विघटनविरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा आज भएको शान्तिपूर्ण भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेका थियो । 

भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् । यसको चौतर्फी विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप