शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

सोमबार, १२ माघ २०७७, २२ : ०८
सोमबार, १२ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।  

काँग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ । बैठकले शुल्क वृद्धिको निर्णयको भत्र्सना पनि गरेको छ

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७/७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु-याएको जनाएको छ । 

बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप