‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गरिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित डिजिटल नेपाल फ्रेमवर्कसम्बन्धी अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकार निकायलाई आग्रह गरे । मन्त्री गुरुङले भने, “सूचना र प्रविधिका क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढ्नाको विकल्प छैन, सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।”
मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकार निकायसँगको सहकार्यमा जोड दिइने नीति लिएको बताउँदै सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तरराष्ट्रियस्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिए । मन्त्री गुरुङले विज्ञको रायसुझाव ग्रहण गरेर सूचनाप्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिए ।
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरोकार निकायसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताए । विज्ञले सूचना प्रविधिको विकासका लागि कानूनी, नीतिगत र लगानीमैत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा सान्त्वना जितको खोजीमा रहेको नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य
-
सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल
-
‘रोशीमा लेदो बग्छ, क्रसरमा रोक लगाउनुपर्छ’
-
चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने
-
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
-
प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितहरूको विषय प्राथमिकतामा