शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड-माधव पक्षद्वारा नागरिक मार्चमाथि भएको प्रहरी दमनको भर्त्सना

सोमबार, १२ माघ २०७७, २० : २५
सोमबार, १२ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमाथि भएको प्रहरी दमनको भर्त्सना गरेको छ ।

 नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रहरी दमनको भर्त्सना गरेका हुन् । 


बालुवाटार मार्च गर्ने नागरिक अगुवा र अधिकारकर्मीमाथि प्रहरीले लाठी र पानीको पोहोरा हानेको थियो । त्यसबाट सरकार निरंशक चरित्र उदांगो भएको प्रचण्ड-नेपाल समूहले जनाएको छ । उसले नागरिक आन्दोलनप्रति सम्मान पनि प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप