द क्लिफले भित्र्यायो नयाँ खेल ‘जर्ब बल’
कुश्मा । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल ‘जर्ब बल' सञ्चालनमा ल्याएको छ।
द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएको छ । ग्राहकले ४ देखि ५ मिनेटसम्म जर्ब बलभित्र बसेर मज्जा लिन सकिनेछ।
द क्लिफले कालीगण्डकी नदिको खोँचमा बन्जी, बिश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लीङ समेत निर्माण गरेको छ । यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थप्ने योजना रहेको कार्कीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा