बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सानिमा बैंकको शाखा ललितपुरको कुपन्डोलमा

सोमबार, १२ माघ २०७७, १८ : ३८
सोमबार, १२ माघ २०७७

काठमाडौं । सानिमा बैंक लिमिटेडले माघ १२ गते ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)द्वारा भएको छ । 

उद्घाटन समारोहमा मह जोडीले कुपन्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालज्यूद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप