बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘केटु’ को सफल आरोहण गरेर फर्किएका नेपालीहरुको भव्य स्वागत हुने

सोमबार, १२ माघ २०७७, १८ : ०२
सोमबार, १२ माघ २०७७

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो ठूलो हिमश्रृङखला केटु को सफल आरोहण गरेर फर्किएका नेपालीहरुको भव्य स्वागत हुने भएको छ । पाकिस्तान स्थित कारकोरम रेन्ज अन्तरगतको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको सफल आरोहण गरेर फकिएका १० नेपाली टोलिलाई पर्यटन बोर्ड रहिमाल आरोही संघले भव्य स्वागत गर्ने भएको हो । 

मंलबार स्वदेश फर्कदै गरेको उक्त टोलिलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने कार्यक्रम रहेको पर्यटन बोर्डका मिडिया को–अर्डिनेटर श्रेया श्रेष्ठले जानकारी दिइन् ।  मंगलबार बिहान साढे ८ बजे स्वदेश फर्किदै गरेका हिमाल आरोहणका टोलीलाई विमानस्थलमै स्वागत गर्ने र मोटरसाइकल र्यालीसहित ठमेल जाने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिइन् । 

ठमेल सञ्चयकोष अगाडिबाट शुरु हुने प्रभातफेरी कार्यक्रम जेपी रोड, होटल वैशाली हुँदै लैनचौरको स्काउट ग्राउण्ड, मल्ल होटलमा कोणसभामा परिणत हुने कार्यक्रम रहेको जानकारी दिइन् ।   र्याली लगत्तै बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आरोही टोलीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिइन् ।

गत माघ ५ गते १० नेपाली टोलीले केटुको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका थिए । यसअघि विभिन्न देशका आरोहीहरुले पटक–पटक केटु आरोहण गर्न खोजे पनि सफल हुने सकेका थिएनन् । केही समयअघि मात्र केटु आरोहण गर्न खोजेका एक स्पेनी नागरिक पर्वतारोहणकै क्रममा चिप्लिएर मरेका थिए । त्यसो त केटु खतरापूर्ण हिमालहरु मध्येको एक मानिन्छ ।  विश्वकै दोस्रो उच्च हिमालको रुपमा रहेको केटु सगरमाथा भन्दा करिब २ सय मिटर जतिमात्र कम उचाईमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप