
प्रचण्ड–माधव पक्षको सिङ्ग फुक्लिसके, अब कसैले टेर्नेवाला छैनः ओली

प्रधानमन्त्री केपी शर्मा ओलिले सरकारले पार्टीका केही नेताहरुले चौतारोमा बसेर अध्यक्षमा चयन गरेको भन्दै हिजो निर्वाचन आयोगले उनीहरुको सपना खत्तम पारिदिएको बताएका छन् । ‘हिजो निर्वाचन आयोगले खत्तम पार्यो, चौतारीमा बसेर अध्यक्षमा भएकाहरु खत्तम भए, रेष्टुरामा बसेर केपी ओलिलाई निकाले रे, बिमारी परेको सुनेर गद्गद् हुन्छन्, निको भएर फर्कियो भनेर थचक्क हुन्छन्’ प्रधानमन्त्री ओलीले सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै भने ।
प्रचण्ड–माधव पक्षलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको सिङ्ग फुक्लिसकेकाले कसैले टेर्दापनि नटेर्ने ठोकुवा गरे । ‘उनीहरुको सिङ फुक्लिसके, यिनले केही गर्नेवाला छैनन्, तिग्रा नठटाए हुन्छ, कसैले टेर्नेवाला छैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘हेर्नुहोस त मुद्दाको लस्कर, झगडिया काम बाहेक अरु केही भएन ।’
अदालतलाई धम्क्याउन नपाइने भन्दै उनले निर्वाचन आयोगको निर्णयले पार्टी नटुक्रिएको सन्देश दिएको पनि तर्क गरे ।
ओलीले फरक प्रसङ्गमा अदालतमा जेष्ठ अधिवक्तालाई किन दुःख दिएको भनेर दिएको अभिव्यक्तिलाई बंग्याएर अदालतको मानहानीको रुपमा ब्याख्या गर्न खोजिएको समेत दावी गरे ।
सो क्रममा ओलीले निर्धारित मितिमा चुनाव भइछाड्ने भन्दै नेता कार्यकर्तालाइ चुनावको तयारीमा लाग्न समेत निर्देशन दिए ।
ओलीले दाङको घोराहीलाई औद्योगिक क्षेत्र बनाउने गरि आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको पनि सो क्रममा जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ