
नेप्सेले सोधेको जवाफमा एनसीसीले भन्यो- मर्जरमा जाने औपचारिक निर्णय भएको छैन

काठमाडौं । एनसीसी बैंकले अन्य कुनै बैंकसँग आफु मर्जर तथा एक्विजिसनमा जाने औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ । आइतबार नेप्सेले एनसीसीले सेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको वा नगरेको त्यस सम्बन्धमा ३ दिनभित्र जानकारी दिन स्पष्टीकरण सोधेको थियो । नेप्सेलाई लिखित जवाफ पठाउँदै एनसीसीले अहिलेसम्म औपचारिक रुपमा मर्ज वा एक्विजिसनसम्बन्धी कुनै निर्णय नभएको बताएको हो ।
बैंकको साधारणसभाले मर्जर तथा एक्विजसनमा जानका लागि गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस सम्बन्धमा कुनै बैंकसँग कुरा नभएको जनाएको छ । नेप्सेको पत्रको जवाफमा एनसीसीले मर्जरका लागि सम्भावित संस्थाको खोजी गरिरहेको भए पनि अहिलेसम्म औपचारिक निर्णय भइनसकेको बताएको हो । एनसीसी बैंकको आफ्नो साधारणसभामा आफुभन्दा बलियो संस्थासँग मर्जरमा जाने निर्णय गरेको थियो । जसले बैंकको सेयर माग आकाशिएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ