ओलीको ‘शब्दवाण’ पछि ९४ वर्षीय अधिवक्ताको गुनासो– मेरो अपमान भयो श्रीमान् !
काठमाडौं । वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्माको अभिव्यक्तिबाट आफ्नो अपमान भएको भन्दै न्यायाधीशहरुको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाई सकेर संवैधानिक इजलास उठेसँगै ९४ वर्षीय कानुन व्यवसायी भण्डारीले न्यायाधीशहरुको ध्यानाकर्षण गराएका हुन् ।
आफूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका साथै विभिन्न अधिकारका लागि भएको संघर्षमा योगदान गरेको चर्चा गर्दै उनले यो उमेरमा आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोबारे गरेको टिप्पणीबाट मर्माहत हुन पुगेको न्यायाधीशहरुसमक्ष बताए ।
सोमबार बहसकै क्रममा पनि बार एशोसिएशन नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि वरिष्ठ अधिवक्ता भण्डारीका बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति न्यायसंगत नरहेको टिप्पणी गरेका थिए । उनले वरिष्ठ न्यायाधीश कृष्णप्रसाद भण्डारीज्यू बहसका लागि अदालतमा उपस्थित हुँदा प्रधानमन्त्रीलाई किन छटपटी भन्ने प्रश्नसमेत गरेका थिए ।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीलाई लक्षित गर्दै ‘एक जना बाजे’ भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण