प्रचण्डले अभियोगपत्र फिर्ता लिए कुरा मिल्न सक्छः ईश्वर पोखरेल (भिडियो)

काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्दमा आयोजना गरिएको बताए । संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति जनसभा आयोजना गरिएको पनि पोखरेलले बताए ।
उपप्रधानमन्त्री पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने बताए ।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको बताए । आफुहरुले पार्टीबाट कसैलाई निश्कासन नगरेको भन्दै उनले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने
१० बजे १० समाचार : आईजीपीसहित ९ उच्च प्रहरी अधिकारी सेवा निवृत्त हुँदै, प्रचण्डको फोटो जलाएका निराजन रिहा
वीरगञ्जमा मितेरीपुल–नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने
टोखामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समय दुई वर्ष थप
निजामती कर्मचारी अस्पताल ऐनबाट सञ्चालन गरिनुपर्ने