
ऋण लगानीमा वाणिज्य बैंकको नयाँ रेकर्ड : एकै महिनामा झन्डै डेढ खर्ब

काठमाडौं । पुस महिनाको ऋण लगानीले नयाँ रेकर्ड बनाएको छ । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा हालसम्मकै धेरै ऋण लगानी गरेका हुन् ।
हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले यो अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरेका छन् । यो वृद्धिसँगै वाणिज्य बैंकहरुको कुल ऋण लगानी ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
यही अवधिमा बैंकहरुको निक्षेप संकलन भने ८८ अर्ब रुपैयाँ मात्रैले बढेको छ । मंसिर मसान्तमा ३६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर ३७ खर्ब ८२ अर्ब रुपैंयाँ पुगको हो ।
यसअघि गत असोज महिनामा बैंकहरुले एकै महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ ऋण लगानी गररेका थिए । अहिलेको ऋण लगानी असोज महिनाको भन्दा १२ अर्ब रुपैयाँले बढी हो । यो ऋण लगानी अनुसार बैंकहरुले एकैदिन करिब ६ अर्बको हाराहारीमा नयाँ ऋण प्रवाह गर्न थालेको देखिएको छ ।
प्रत्येक त्रैमासको अन्त्यमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भएकोले वित्तीय अवस्थालाई राम्रो बनाउने दबाब हुन्छ । अघिल्ला वर्षमा तरलताको समस्या हुने भएकोले ऋणको निक्षेप र नाफामा दबाब हुँदै आएको ट्रेन्ड परिवर्तन भएर यो वर्ष ऋण लगानीमा पुगेको छ ।
त्यसैले दोस्रो त्रैमासमो अन्त्यमा बैंकहरुले पेन्डिङमा रहेका ऋणहरु धमाधम स्वीकृत गरिदिएका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ