ऋण लगानीमा वाणिज्य बैंकको नयाँ रेकर्ड : एकै महिनामा झन्डै डेढ खर्ब
काठमाडौं । पुस महिनाको ऋण लगानीले नयाँ रेकर्ड बनाएको छ । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा हालसम्मकै धेरै ऋण लगानी गरेका हुन् ।
हाल सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले यो अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँ नयाँ ऋण लगानी गरेका छन् । यो वृद्धिसँगै वाणिज्य बैंकहरुको कुल ऋण लगानी ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।
यही अवधिमा बैंकहरुको निक्षेप संकलन भने ८८ अर्ब रुपैयाँ मात्रैले बढेको छ । मंसिर मसान्तमा ३६ खर्ब ९४ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर ३७ खर्ब ८२ अर्ब रुपैंयाँ पुगको हो ।
यसअघि गत असोज महिनामा बैंकहरुले एकै महिनामा १ खर्ब ३१ अर्ब रुपैयाँ ऋण लगानी गररेका थिए । अहिलेको ऋण लगानी असोज महिनाको भन्दा १२ अर्ब रुपैयाँले बढी हो । यो ऋण लगानी अनुसार बैंकहरुले एकैदिन करिब ६ अर्बको हाराहारीमा नयाँ ऋण प्रवाह गर्न थालेको देखिएको छ ।
प्रत्येक त्रैमासको अन्त्यमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भएकोले वित्तीय अवस्थालाई राम्रो बनाउने दबाब हुन्छ । अघिल्ला वर्षमा तरलताको समस्या हुने भएकोले ऋणको निक्षेप र नाफामा दबाब हुँदै आएको ट्रेन्ड परिवर्तन भएर यो वर्ष ऋण लगानीमा पुगेको छ ।
त्यसैले दोस्रो त्रैमासमो अन्त्यमा बैंकहरुले पेन्डिङमा रहेका ऋणहरु धमाधम स्वीकृत गरिदिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण