शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अझै भएन हिउँदे वर्षा

सोमबार, १२ माघ २०७७, १४ : ००
सोमबार, १२ माघ २०७७

काठमाडौं । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने भएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।  यस वर्ष एकपटक पनि पानी परेको छैन । 
पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । “हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ”, उनले भने ।
वर्षा हुन्का लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान  छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हिउँदयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताए । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ ।  धेरै नोक्सानी हुँदैन”, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप