शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक स्थायित्वका लागि जनसभा गर्न लागेको ओली पक्षको दावी

कसैप्रति लक्षित ‘काउन्टर जनसभा’ होइन : पोखरेल
सोमबार, १२ माघ २०७७, १३ : ३९
सोमबार, १२ माघ २०७७

काठमाडौं । नेकपा ओली पक्षले माघ २३ गते काठमाडौमा गर्ने जनसभा राजनीतिक स्थायित्वका लागि भएको सो समुहले जनाएको छ ।

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानले गरेको व्यवस्थाअनुसार आर्थिक विकासका लागि भएको बताए ।

उनले प्रचण्डमाधव पक्षले यसअघि माघ नौ गने गरेको विशाल प्रदर्शनका विरुद्ध जनसभा गर्न लागेको हो भन्ने प्रश्नमा पोखरेलले कसैप्रति लक्षित र काउन्टरमा जनसभा गर्न नलागेको दावी गरे ।

उनले निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयलाई सम्मान र सकारात्मक लिएको पनि बताए । ओलीले नेतृत्वको नेकपाले राखेको अडान सही छ भन्ने प्रमाणित भयो । नेकपालाई चाहेर पनि कसैले फुटाउन सक्दैन भन्ने पुष्टि भएको छ, पोखरेलले भने, ‘प्रचण्ड र माधव नेपालहरुले जेजे गर्न खोज्नुभएको थियो त्यो गलत थियो भन्ने प्रष्ट भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप